logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

साहित्य पुरस्कारका लागि १० कृति छनोट


  • उज्यालो अभियान

लालबन्दी, १० भदौ – “लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२” का लागि १० वटा कृति छनोटमा परेका छन् ।

लालबन्दी नगर वाङ्मय परिषद्ले प्रेस विज्ञप्ती जारी गरी पुरस्कारका लागि छनोटमा परेका कृतिहरुको नामावली सार्वजनिक गरेको हो । जसमा रमेश क्षितिजको ‘एउटा माथि नगरमा’ (कथा सङ्ग्रह), माधव वियोगीको ‘कर्मयोगी षडानन्द’ (महाकाव्य), राजकुमार राइको ‘किवाहाङ’ (उपन्यास), ठाकुर बेलवासेको ‘चोटहरुको उत्सव’ (कविता), डा. रेणुका सोलुको ‘तुइन जिन्दगी’ (निवन्ध), जुनू रानाको ‘रातो नदी’ (कविता), बाबु त्रिपाठीको ‘सालिकहरुको देश’ (कविता), डा. श्रीधर खनालको ‘सावर्णि’ (उपन्यास), शङ्कर प्रसाद गैरेको ‘सूतपुत्र’ (उपन्यास) र अर्जुनबाबु दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ (कविता) रहेका छन् ।

२०८१ साल र सोभन्दा पछि प्रकाशित तथा लालबन्दी नगर वाङ्मय परिषद्लाई प्राप्त १२२ पुस्तक/कृतिमध्ये स्वतन्त्र विज्ञहरुसहितको पुरस्कार तथा सम्मान छनोट सिफारिस समितिले पुरस्कारका लागि १० कृति छनोट गरेको लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।

छनाटमा परेका कृतिमध्ये उत्कृष्ट एक कृतिलाई नगर वाङ्मय परिषद्को स्थापना दिवसको अवसर पारेर नगद ५० हजार रुपियाँसहित सम्मान गरिने संस्थाले जनायो ।

राष्ट्रियस्तरमा ख्याती कमाएका साहित्य साधकको सम्मानार्थ लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार स्थापना गरिएको अध्यक्ष अधिकारीले बताएका छन् ।