logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अनेमसंघ क्रान्तिकारीको ९१ सदस्यीय जिल्ला कमिटी घोषणा


  • उज्यालो अभियान

लालबन्दी, २७ साउन – नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी सर्लाहीको आज ९१ सदस्यीय जिल्ला कमिटी घोषणा भएको छ ।

लालबन्दीमा सम्पन्न जिल्ला भेलाले जिल्ला कमिटीका ९१ जनालाई सदस्य भनेर घोषणा गरेको हो । संयोजक तथा अन्य पदाधिकारी मधेश प्रदेश भेलाले घोषणा गर्ने महिला नेतृ बिनिता दाहालले जानकारी दिईन् ।

अनेमसंघ क्रान्तिकारी मधेश प्रदेशकी संयोजक शिला खनालको प्रमुख आतिथ्यतामा अनेमसंघ क्रान्तिकारीको सर्लाही जिल्ला भेला सम्पन्न भएको हो ।