logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कवितावाचनमा विज्ञान पहिलो


  • उज्यालो अभियान

कवितावाचनमा प्रथम भएका विज्ञानलाई पुरस्कार वितरण गरिँदै ।

लालबन्दी, १४ फागुन – लालबन्दी नगर वाङ्मय परिषद्ले आयोजना गरेको तेस्रो संस्करणको कवितावाचन तथा लेखन प्रतियोगितामा फौदसिंह माविका छात्र विज्ञान अधिकारी पहिलो बनेका छन् ।

नगर वाङ्मय परिषद्ले लालबन्दी नगरपालिकाको सहयोगमा जानकी माध्यमिक विद्यालय लालबन्दी ७ मा आयोजना गरेको माविस्तरीय कवितावाचन प्रतियोगितामा फौदसिंह मावि लालबन्दी १७ रानिगन्जका छात्र विज्ञान पहिलो बन्न सफल भएका हुन् । उनलाई नगद तीन हजार रुपियाँसहित, शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिएको आयोजक लालबन्दी नगर वाङ्मय परिषद्ले जनायो ।

यस्तै कवितावाचन प्रतियोगितामा कम्युनिटी वेलफेयर आवासीय विद्यालयकी छात्रा कृष्टिका शिवाकोटी दोस्रो, दीब्यज्योति आवासिय विद्यालयकी छात्रा समृद्धि पौडेल तेस्रो र लर्डब्राइड विजडम एकेडेमी नवलपुरकी छात्रा प्रज्ञा सत्यालले सान्त्वनास्थान हाँसिल गरेका लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।

दोस्रो, तेस्रो र सान्त्वनास्थान हाँसिल गर्ने छात्रछात्रालाई पनि नगद पुरस्कारस्वरुप क्रमश : दुुई हजार पाँच सय, एक हजार पाँच सय र एक हजार रुपियाँ प्रदान गरिएको आयोजकले जनाएको छ ।

बिजेता विद्यार्थीलाई लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिन, नगर वाङ्मय परिषद्का अध्यक्ष अधिकारीलगायत अन्य अतिथि भएर पुरस्कार वितरण गरेका छन् ।