गोडैता, १७ माघ – सर्लाहीको गोडैता स्थित रेडियो बन्धन ९९.२ मेघाहर्जले पाँचौं स्थापना दिवस मनाएको छ ।
सोमबार दिउँसो रेडियो परिसरमा संक्षिप्त कार्यक्रम गर्दै स्थापना दिवस मनाइएको हो । कार्यक्रममा गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादव, चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्ण यादव, चक्रघट्टा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादव, लेखापाल संजय कुमार ठाकुर, नेपाल पत्रकार महासंघ सर्लाहीका निवर्तमान अध्यक्ष टंक बहादुर क्षेत्री, पूर्व अध्यक्षद्वय रोशन कुमार न्यौपाने र विश्वनाथ ठाकुर, पत्रकारहरु घनश्याम बलम्पाकी, मुकेश झा, सुनिल ठाकुर, जनार्जन खत्री, अमलेश शर्मा, संजु कर्ण लगायतको उपस्थिती रहेको थियो । स्थापना दिवसको अवसरमा केक काटेर संक्षिप्त कार्यक्रम गरिएको रेडियोका प्रमुख निरज यादवले जानकारी दिए ।