हरिवन, १७ माघ – तामाङ समुदायको राष्ट्रिय चाड सोनाम ल्होछारको अवसरमा सर्लाहीको हरिवन नगरपालिका-५, घुर्कौलीमा आयाेजित प्रथम घुर्कौली बृहत साँस्कृतिक महोत्सवमा आज राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुले प्रस्तुती दिँदैछन् ।
महाेत्सवमा आज गायिका इन्दिरा गाेले, गायक संजिव घिसिङ, तामाङ चलचित्र निर्देशक निमा लामा, प्राज्ञ प्रदिप बम्जन लगायतकाे प्रस्तुती रहने आयाेजक समितिका संयाेजक सिंग बहादुर याेञ्जनले जानकारी दिए । साँझसम्म नै कलाकारहरुकाे प्रस्तुती रहने आयाेजकले जनाएका छन् ।
मन्जुश्री सम्वत् २८६१ डुल/सा पुख्री ल्हो सोनाम ल्होछारको अवसरमा आयाेजित साँँस्कृतिक महोत्सवकाे बुधबार उद्घाटन गरिएकाे हाे ।