logo
  • शनिबार, साउन ९, २०८३ / Saturday, Jul, 25 ,2026

उत्कृष्ट करदाताका रुपमा न्यूू बैदेही खाद्य उद्योगलाई सम्मान


  • उज्यालो अभियान

लालबन्दी, ०८ मंसिर – करदाता सेवा कार्यालय लालबन्दीले उत्कृष्ट करदाताका रुपमा न्यू बैदेही खाद्य उद्योग बयलवासलाई सम्मान गरेको छ ।

१३ औँ कर दिवस २०८१ को अवसरमा कार्यालयको कार्यक्षेत्र अन्तर्गत रहेका करदाताहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गरिएको भन्दै उद्योगलाई सम्मान गरिएको हो । करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख एवं कर अधिकृत छविलाल कोइरालाले उद्योगका संचालक झवेन्द्र साहलाई हिजो शुक्रबार कार्यालयमै आयोजित एक कार्यक्रमका बिच सम्मान पत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्र बलम्पाकी, हरिवन उद्योग वाणिज्य संघका अध्यक्ष प्रयागराज पोतेलगायतको आतिथ्यता रहेको थियो । १३ औँ कर दिवस मंसिर १ गतेदेखि आजसम्म सप्ताहव्यापी कार्यक्रम गरी मनाइएको करदाता सेवा कार्यालय लालबन्दीले जनायो ।

दिवसका अवसरमा प्रत्येक करदाता सेवा कार्यालय अन्तर्गत सबैभन्दा बढी कर बुुझाउने व्यवसायीलाई यसैगरी सम्मान गरिएको छ ।