logo
  • शनिबार, साउन ९, २०८३ / Saturday, Jul, 25 ,2026

‘घुमौँ मधेश, बुझौँ मधेश’ को संयोजकमा ठाकुर नियुक्त


  • उज्यालो अभियान

गैर, ०७ मंसिर – मधेश प्रदेश सरकारले पर्यटन प्रवद्र्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ ।

मधेशको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रदेश सरकारले ‘घुमौँ मधेश, बुझौँ मधेश’ कार्यक्रम अघि सारेर त्यसको संयोजकमा सर्लाहीका विकाशकुमार ठाकुरलाई नियुक्त गरेको छ । नेपाल फाउन्डेसनको संस्थापक भएर पर्यटन प्रवद्र्धनमा योगदान गर्दै आएका कविलासी नगरपालिका–७, गैर निवासी ठाकुरलाई मधेश प्रदेश सरकारले मधेशको पर्यटन प्रवद्र्धनको अभियान संचालनको संयोजन गर्ने जिम्मेवारी दिएको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँले ठाकुरलाई नियुक्त पत्र प्रदान गरेका छन् । ठाकुरको नियक्ती पत्रमा प्रदेशलाई कुनै आर्थिक भार नपर्ने गरी पर्यटन प्रवद्र्घनका लागि संयोजकको रुपमा नियुक्त गरिएको उल्लेख छ ।

नेपाली कांग्रेसका युुवा नेता समेत रहेका ठाकुरले पर्यटन प्रवद्र्घनका लागि कार्यविधी बनाएर मन्त्रिपरिषद्बाट पास गराएर कामकाज अघि बढाइने जानकारी दिए । नजिकिँदै गरेको विवाह पन्चमी र गढीमाई मेला प्रमुख प्राथमिकता रहेको संयोजक ठाकुरले बताए ।