logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जनैपूर्णीमा र गाेनिया पर्वकाे अवसरमा नृत्य प्रतियाेगिता हुने


  • उज्यालो अभियान

राजघाट, ०१ भदाै – जनैपूणिर्मा र गोनीया पर्वको अवसरमा बागमती नगरपालिका-६ राजघाटमा नृत्य प्रतियाेगिता सहित विविध झाँक्री नृत्य प्रस्तुती हुने भएको छ ।

आज (शनिबार) भदाै १ गतेदेखि ४ गतेसम्म नृत्य प्रतियाेगिता, आर्केस्टा हुनेछ भने ३ गते वनकाली देवी माइको पुजा सहित झाक्री नृत्य प्रस्तुत हुने आयोजक समितिका संयोजक उतम वाइवाले जानकारी दिएका छन् । वाइबाका अनुसार वनकाली देवीको पुजा ४५ वर्ष देखि गरिदै आएपनि बिचमा केही वर्षदेखि हुन नसकेकामा यसवर्षदेखि स्थानीय युवाहरुले आफ्नो धर्म संस्कृतिलाई जोगाउन भएपनि यो पर्व मनाउन थालिएको हाे । वनकाली देवीको पुजाको दिन छिमेकी जिल्लाहरुबाट पनि धामीझाँक्रीहरु आउने संयोजक वाइबाले जानकारी दिए ।

पुजा समितिका अध्यक्ष कृष्ण वाइवाका अनुसार शनिबारदेखि सुरुहुने कार्यक्रम शान्तिपूर्ण ढंगले सम्पन्न गर्नक लागि स्वायमसेवक परिचालन गरिने बताएका छन् । नृत्य प्रतियाेगितामा प्रथम, ,द्वितिय र तृत्तीय हुनेलाई पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ ।