घुर्कौली – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा आज ३५ जनाले रक्तदान गरेका छन् ।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको ३३ औँ वार्षिकोत्सव एवं ३४ औँ स्थापना दिवसको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका हुन् । घुर्कौलीस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा भएको रक्तदान कार्यक्रममा संकलित रगत रक्तसंचार केन्द्र मलंगवा पठाइएको डाक्टर गुणेश्वर झाले जानकारी दिए ।

उनले सर्लाही ब्लड बैंक ग्रुप बनाएर रगतको आवश्यकता परेका व्यक्तिहरुलाई समन्वय गर्दिदै आएको बताए ।