
ब्रह्मपुरी गापा अध्यक्ष रामपदारथ साहलाई दाेसल्ला ओडाएर सम्मान गर्दै मन्त्री वीरेन्द्र प्रसाद सिंह । (तस्बिर : उज्यालाे अभियान)
मलंगवा, १५ माघ – मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले मधेशलाई कुष्ठराेग मुक्त प्रदेश बनाईने दाबी गरेका छन् ।

बिष्णु गापा अध्यक्ष जवाहर राय यादवलाई दाेसल्ला ओडाएर सम्मान गर्दै मन्त्री वीरेन्द्र प्रसाद सिंह । (तस्बिर : उज्यालाे अभियान)
७१औं विश्व कुष्ठराेग दिवसका अवसरमा आईतबार दिउँसाे सदरमुकाम मलंगवा स्थित जिससकाे सभाहलमा आयाेजित अन्तर्क्रिया कार्यक्रममा बाेल्दै मन्त्री सिंहले सराेकारवाला सबै पक्षकाे सकारात्मक सहयाेग पाए मधेश प्रदेशलाई ताेकिएकै समय भित्र कुष्ठराेग मुक्त प्रदेश बनाईने दाबी गरेका हुन् । मुलुक´सराेकारवाला सबै पक्षकाे सकारात्मक साथ र सहयाेग पाए मधेश प्रदेशलाई ताेकिएकै समयभित्र कुष्ठराेग मुक्त बनाउन सकिन्छ`, मन्त्री सिंहले भने, ´भूमीका हिसाबले मुलुककै सबैभन्दा सुगम रहेकाे मधेश प्रदेशमा सबै सराेकारवालाहरुकाे सकारात्मक भावना सहितकाे सहयाेग रहने हाे भने कुष्ठराेग मुक्त मात्र हैन, स्वास्थ्य, शिक्षा लगायतमा फड्काे मार्दै सबैभन्दा पछाडीकाे अवस्थालाई उच्च स्थानमा पुर्याई समृद्द मधेश बनाउन कुनै अफ्ठ्याराे छैन ।`

हाँजीरीजवाफ प्रतियाेगितामा विजयी विद्यार्थीलाई सम्मान गर्दै मन्त्री वीरेन्द्र प्रसाद सिंह । (तस्बिर : उज्यालाे अभियान)
कार्यक्रममा प्रस्तुत गरिएकाे तथ्यांक अनुसार मधेश प्रदेशमा ७ वटा प्रदेशमध्ये सबैभन्दा बढी कुष्ठराेगका बिरामी रहेका छन् । २०७९/०८० काे तथ्यांक अनुसार मुलुकभर दुईहजार ५२२ जनामध्ये मधेश प्रदेशमा मात्र ३७ प्रतिशत अर्थात ९४४ जना कुष्ठराेगका बिरामी रहेका छन् ।

हाँजीरीजवाफ प्रतियाेगितामा विजयी विद्यार्थीलाई सम्मान गर्दै मन्त्री वीरेन्द्र प्रसाद सिंह । (तस्बिर : उज्यालाे अभियान)
मन्त्री सिंहले कुष्ठराेग सहित अन्य सम्पूर्ण बिरामीकाे उपचार सुविधाका लागि ८ वटै जिल्लाका प्रादेशिक अस्पतालहरु तथा अन्य सरकारी स्वास्थ्य संस्थाहरुलाई समेत जनशक्ति र अत्याधुनिक उपकरणकाे व्यवस्था सहित भाैतिक पूर्वाधार निर्माणकाे काम द्रुत्त गतिमा अगाडी बढिरहेकाे दावी गरे ।

हाँजीरीजवाफ प्रतियाेगितामा विजयी विद्यार्थीलाई सम्मान गर्दै मन्त्री वीरेन्द्र प्रसाद सिंह । (तस्बिर : उज्यालाे अभियान)
प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुर, जिल्ला स्वास्थ्य कार्यालय मलंगवा, लालगढ कुष्ठ राेग अस्पताल लगायत संस्थाद्वारा आयाेजित कार्यक्रममा मन्त्री सिंहले मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद राय, ब्रह्मपुरी गापाका अध्यक्ष रामपदारथ साह, विष्णु गापाका अध्यक्ष जवाहर राय यादवलाई दाेसल्ला सहित सम्मान गरेका छन् । ३ वटै पालिकाका प्रमुखले कुष्ठराेग नियन्त्रणका लागि बजेट छुट्याएर कार्यक्रमहरु गरेकाे भन्दै सम्मान गरिएकाे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नवलकिशाेर झाले जानकारी दिए ।
त्यस्तै कुष्ठराेग दिवसकै अवसरमा जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले आयाेजना गरेकाे हाजीरीजवाफ प्रतियाेगितामा प्रथम, द्वितीय, तृत्तिय र सान्त्वना हुने मलंगवा, ब्रह्मपुरी र विष्णु गापा अन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई समेत कार्यक्रममा पुरस्कृत एवं सम्मान गरिएकाे छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं प्रादेशिक अस्पताल मलंगवाका प्रमुख डा. नवलकिशाेर झाकाे अध्यक्षता रहेकाे कार्यक्रममा प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमला, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजिव झा, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री लगायतले मन्तव्य राखेका थिए । सर्लाहीका क्षयकुष्ठ अधिकृत बलिराम यादवकाे सञ्चालन रहेकाे कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत राजविर यादवले मुलुक सहित प्रदेशभरकाे कुष्ठ राेगकाे अवस्था बारे तथ्यांक प्रस्तुत गरेका थिए । त्यसअघि आईतबार बिहान १० बजे सदरमुकाम मलंगवामा प्रभातफेरि कार्यक्रम गरिएकाे थियाे ।