logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

२२० बोतल लागूऔषध सहित भारतीय युवक पक्राउ


  • उज्यालो अभियान

लागूऔषध २२० बोतल सहित पक्राउ परेका भारतीय युवक बंशलाल यादव (बीचमा) ।

मलंगवा, २९ मंसिर – जिल्ला प्रहरी कार्यालय मलंगवाले लागूऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित २२० बोतल ‘वीन्सरेक्स’ सहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

भारतीय सिमावर्ती ब्रह्मपुरी गाउँपालिका–५ बाट भारतको सीतामढी जिल्ला अन्तर्गत ईन्दर्वा ग्राम पञ्चायत वडा नं. १५ निवासी राम प्रगास रायको छोरा २० वर्षीय बंशलाल यादवलाई लागूऔषधको बोतल सहित गत बुधबार नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेन्द्र पंजियारले जानकारी दिए । डीएसपी पंजियारका अनुसार भारतबाट भित्र्याएर ब्रह्मपुरीमा लागूऔषधको रुपमा प्रयोग हुने औषधी बिक्री बितरण हुँदैछ भन्ने सुचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले बंशलाललाई २२० बोतल औषधी सहित नियन्त्रणमा लिएको हो ।

बंशलालले चलाएको BR-06-BK-8060 नम्बरको मोटरसाईकलमा बोकेको जुटको दुई वटा बोरा खोलेर हेर्दा प्रतिबन्धित लागुऔषध सय मिलिलिटरका २२० बोतल फेला परेको प्रहरीले जनाएको छ । सोही स्थान नजिक शंकाष्पद् अवस्थामा फेला परेको बागमती प्रदेश २-०२२ प ३७९७ नम्बर र मधेश प्रदेश ०२-००७ प १२७९ नम्बरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । अभियुक्त बंशलाललाई लागूऔषध मुद्धामा जिल्ला अदालतबाट म्याद लिएर कार्बाही प्रकृया अगाडी बढाईएको डीएसपी पंजियारले जानकारी दिए ।