logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा पहिलो पटक बज्जिका साहित्य समाज गठन


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा पहिलो पटक बज्जिका साहित्य समाज गठन गरिएको छ ।

सदरमुकाम मलङ्गवास्थित नेपाल मिथिला प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा भएको भेलाले साहित्यकार रामचन्द्र महतो कुशवाहा अध्यक्ष रहने गरी बज्जिका साहित्य समाज गठन गरेको हो । ८० प्रतिसत भन्दा बढीले बोल्ने गरेको स्थानीय मातृभाषाको रुपमा रहेको बज्जिका भाषाको साहित्य क्षेत्र विकास गर्ने उद्देश्यले बज्जिका साहित्य समाज गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा शैलियादेवी ठाकुर, सचिवमा मुकेशकुमार मिश्र, कोषाध्यक्षमा चन्द्रशेखर रस्तोगी, सदस्यहरुमा मनमोहन सिंह (मनोहर), राजेन्द्र ठाकुर, सञ्जयकुमार साह र ललितादेवी यादव रहेका छन् । भेलाले अध्यक्ष रामचन्द्र महतो कुशवाहाको संयोजकत्वमा मुकेशकुमार मिश्र र ललितादेवी यादव रहेको तीन सदस्यीय विधान निर्माण उपसमिति गठन गरेको छ ।

संस्थाको जतिसक्दो चाँडो विधान बनाएर जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी बज्जिका साहित्यको विकासका लागि कार्यक्रम गर्ने निर्णय भएको नवगठित समितिका अध्यक्ष कुशवाहाले बताए ।