logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

स्वास्थ्य क्षेत्रमा हरिवन नगरपालिका जिल्लामै पहिलो


  • उज्यालो अभियान

हरिवन – स्वास्थ्य सूचकमा सबैभन्दा बढी अंक प्राप्त गरी सर्लाहीको हरिवन नगरपालिका जिल्लामै उत्कृष्ट भएको छ ।

स्वास्थ्य कार्यालय मलंगवाले जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठीको अवसरमा स्वास्थ्यका विभिन्न क्रियाकलापहरुमा गुणात्मक सुधार गरी स्वास्थ्यका सूचकहरुको मूल्यांकलन गर्दै हरिवनले प्रथम स्थान हाँसिल गरेको भन्दै सम्मान गरेको हो । स्वास्थ्य कार्यालयले हरिवन नगरपालिकालाई जिल्लामै उत्कृष्ट भएको भनी प्रमाण–पत्र प्रदान गरेको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए ।

स्वास्थ्य सूचकमा हरिवनपछि हरिपुर दोस्रो र ईश्वरपुर तेस्रो भएका छन् । हरिपूर्वा नगरपालिका भने जिल्लामै सबैभन्दा पछाडि परेको छ ।