logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रदेश अर्थमन्त्री यादवद्वारा प्रादेशिक अस्पताल मलंगवाको निरीक्षण


  • उज्यालो अभियान

मलंगवा – मधेश प्रदेश सरकारका अर्थमन्त्री सन्जय यादवले आइतबार प्रादेशिक अस्पताल मलंगवाको निरीक्षण गरेका छन् ।

त्यसक्रममा अर्थमन्त्री यादवको अस्पतालको सेवा सुविधाबारे वर्षौदेखि गुनासो आइरहेको भन्दै अवस्था सुधार गर्न निर्देशन दिए । उनले प्रादेशिक अस्पतालको अवस्था सुधार गर्न भन्दै यो वर्ष प्रत्येक जिल्लाको सदरमुकाममा रहेको प्रादेशिक अस्पताललाई २० करोडको दरले बजेट विनियोजन गरिएको बताए ।

मन्त्री यादवले बिरामी कुरुवा कक्ष, शौचालयलगायत स्थानको अनुगमन गरी सरसफाईमा ध्यान दिन निर्देशन दिए ।

सर्लाही क्षेत्र न. ३ (ख) बाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भई अर्थमन्त्री बनेका यादवलाई अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर नवलकिशोर झाले अस्पतालको समस्या, सेवासुविधालगायतबारे जानकारी गराएका छन् ।