रविन कार्की ।
हरिवन । प्रवासी नेपाली मञ्च मलेसियाको सह-सचिवमा सर्लाहीका रविन कार्की चयन भएका छन् ।
मञ्चको हालै सम्पन्न दोस्रो अधिवेशनबाट सर्लाहीको बरहथवा-४, हजरिया निवासी कार्की सर्बसम्मत रुपमा सह-सचिबमा चयन भएका हुन् । नेकपा एमाले निकट मञ्चको दोस्रो अधिवेशनले सर्बसम्मत रुपमा दयाराम कुमालको अध्यक्षतामा १३ सदस्यीय नेतृत्व चयन गरेको हाल वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका कार्कीले उज्यालो अभियानलाई जानकारी दिए ।
सर्लाहीमा हुँदा नेकपा एमाले निकट अनेरास्ववियूको जिल्ला सदस्य समेत रहेका कार्कीले मलेसियामा कार्यरत रहँदा पनि नेपाली कामदारहरुको हकहितमा आफू लागिपर्ने प्रतिबद्धता जनाएका छन् । सह-सचिब कार्कीका अनुसार मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्र्याण्ड कण्टिनेण्टलमा सम्पन्न अधिवशेनको नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका थिए ।