logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवन ७ काे वडाध्यक्षमा पुनः मतगणनाकाे आदेश आयाे


  • उज्यालो अभियान

हरिवन – उच्च अदालत जनकपुरले सर्लाहीकाे हरिवन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्षमा यसअघिकाे मतगणनालाई रद्द गरी पुनः मतगणनाकाे आदेश दिएकाे छ ।

उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीका अनुसार न्यायाधिशद्वय भाेजराज अधिकारी र रेखा थापा पाण्डेकाे संयुक्त ईजलासले उक्त वडाकाे अध्यक्षका लागि पुन: मतगणनाका लागि शुक्रबार आदेश दिएकाे हाे । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत निर्वाचन अधिकृतकाे कार्यालय हरिवनले गरेकाे गणना अनुसार हरिवन-७ काे वडाध्यक्षमा नेकपा एमालेका निरध्वज कार्की निर्वाचित भई कार्यरत छन् ।

निर्वाचन अधिकृतकाे कार्यालयकाे गणना अनुसार कार्की ३७९ मत सहित विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टिकाजंग थापा (अशाेक)ले ३७८ मत पाएका छन् । कांग्रेसका थापाले तत्कालै पुन: मतगणनाकाे अन्तरिम आदेश जारीकाे माग सहित रिट दायर गरेका थिए । तर अदालतले अन्तरिम आदेश जारी नगरी शुक्रबार पुन: मतगणनाकाे आदेश दिएकाे छ । रजिष्ट्रार अधिकारीले अब मतपत्र अदालतमै झिकाएर पुनः गणना गरिने बताए ।