logo
  • शनिबार, साउन ९, २०८३ / Saturday, Jul, 25 ,2026

भारतकाे थ्री नेसन्स कपमा जुमनुलाई सर्वाेत्कृष्ट खेलाडीकाे उपाधी


  • उज्यालो अभियान

प्रतियाेगिताकै सर्वाेत्कृष्ट खेलाडीकाे ट्रफि ग्रहण गर्दै जुमनु राई । (तस्बिर : सामाजिक संजाल)

शुक्रबारकाे खेलमा म्यान अफ दि म्याचकाे ट्रफि ग्रहण गर्दै जुमनु । (तस्बिर : सामाजिक संजाल)

हरिवन – भारतको नयाँ दिल्लीमा सम्पन्न थ्री नेसन्स भेट्रान्स कप फुटबल प्रतियोगितामा सर्लाहीकाे हरिवन निवासी जुमनु राई सर्वाेत्कृष्ट खेलाडी घाेषित भएका छन् ।

नयाँ दिल्लीमा आयाेजित प्रतियाेगिताभर ४ गाेल गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेका राईले सर्वाेत्कृष्ट खेलाडीकाे उपाधी पाएका हुन् । शनिबार भएको फाइनलमा दिल्ली सन्डे क्लब भारतलाई ४-० ले हराउँदै नेपालकाे तर्फबाट सहभागी सिएमजी संकटा क्लबले उपाधि चुमेको थियो । फाईनल खेलमा जुमनुले २ गाेल गरेका थिए ।

त्यसअघि शुक्रबार भएको खेलमा संकटाले दिल्ली सन्डे २-१ र भेट्रान्स फुटबल क्लब बंगलादेशलाई ४-० ले हराएको थियो । शुक्रबार दिल्लीसँगको खेलमा पनि पूर्व राष्ट्रिय खेलाडी जुमानु म्यान अफ दि म्याच घाेषित भएका थिए । उक्त खेलमा पनि जुमनुले २ गाेल गरेका थिए ।

प्रतियाेगितामा संकटाकाे तर्फबाट राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानत्रय उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, राकेश श्रेष्ठसहित फरवार्ड जुमानु, राजु तामाङ, मिडफिल्डर प्रदीप महर्जन, गोलकिपर सुरेन्द्र श्रेष्ठ, डिफेन्डर चुन थापा लगायतकाे सहभागिता रहेकाे थियाे । त्यस्तै अन्य खेलाडीमा राजकुमार केसी, कल्याण खड्गी, विजय श्रेष्ठ, रमेश गुरुङ, सन्तोष बस्नेत, विष्णुबहादुर सुनार, राजन महर्जन, रञ्जित लामा रहेका थिए । आशिषमान सिंह व्यवस्थापक रहेको टोलीको प्रशिक्षकमा राजेश मानन्धर, फिजियो राजु दाहाल र अफिसियलमा सुदन बज्राचार्य रहेका थिए ।