logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा बालबालिकालाई फाइजर खोप लगाउन सुरु (तस्वीरहरु)


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा मंगलबारबाट ५ देखि १२ वर्षसम्मका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ ।

जिल्लाको २० वटै पालिकामा एकैसाथ ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाउन थालिएको हो । सर्लाहीका लागि एक लाख ४० हजार मात्रा खोप प्राप्त भएको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।

कार्यालयका प्रमुख डाक्टर नवलकिशोर झाले स्वास्थ्यकर्मीलाई विद्यालयमा नै पठाएर बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको उज्यालो अभियानसँग बताए । खोप कार्यक्रम सञ्चालन गर्न केही दिनअघि स्वास्थ्यकर्मी र शिक्षकलाई अभिमुखिकरण प्रदान गरिएको थियो ।

५ देखि १२ वर्षसम्मका २०० जना विद्यार्थी रहेको विद्यालयमा त्यहीँ स्वास्थ्यकर्मी गएर खोप लगाइदिने छन् भने सो संख्या नपुग्ने विद्यालयका विद्यार्थीलाई नजिकै अर्को विद्यालयमा लगेर खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख डा. झाले जनाए । खोप लगाएपश्चात बालबालिकामा कुनै स्वास्थ्य समस्या देखिन सक्ने भएकाले त्यसका लागि २० वटै पालिकामा चिकित्सक समेत खटाइएको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।

जिल्लामा अहिले अन्य उमेर समूहका व्यक्तिलाई लगाइने कोरोनाविरुद्धको खोप भने अभाव छ । कोरोना संक्रमण बढ्न थालेपछि खोप लगाउन चाहनेहरु स्वास्थ्य संस्थामा आउन थाले पनि केन्द्रबाटै खोप नआएको डा. झाले बताएका छन् ।