मलंगवा – सर्लाहीमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको नयाँ नेतृत्व चयन गरिएको छ ।
आफ्नो गाउँघरबाट वैदेशिक रोजगारीमा गएर समस्यामा परेकाहरुको हकहित तथा उद्धारका लागि पहल गर्दै आइरहेकाहरु आवद्ध केन्द्रको मलंगवामा शुक्रबार सम्पन्न ८ औँ वार्षिक साधारण सभाबाट कविलासीका दिनेश कुमार यादव अध्यक्ष रहने गरी नयाँ कार्य समिति चयन गरिएको हो । केन्द्रको उपाध्यक्षमा सब्ना खातुन, सुनैना देवी राम, चन्द्रबहादुर थिङ र नागेन्द्र राय, महासचिवमा हेमन्त पासवान, सचिवमा ललिता देवी राय, कोषाध्यक्षमा दिनेश कुमार यादव लगायत अन्य सदस्यहरु रहेका छन् ।
समितिमा वैदेशिक रोजगारीबाटै फर्किएकाहरु छन् । समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शुक्रबार नै आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको पूर्व जिल्ला अध्यक्ष रामनाथ साहले सपथ खुवाएका छन् ।
फाेटाे क्याप्सन : नव निर्वनचित पदाधिकारीहरु । (तस्बिर : उज्यालाे अभियान)