logo
  • मङ्लबार, चैत्र ६, २०८० / Tuesday, Mar, 19 ,2024

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा कार्यक्रम


  • उज्यालो अभियान

कार्यक्रम स्थलमा सुरक्षीत आप्रवासनको नारा झल्कने गरी नेपालको नक्शा सहितको चित्र कोरेर दिपप्रज्वलन गर्दै कार्यक्रमका सहभागिहरु । (तस्बिर : अच्युतकुमार सापकोटा/उज्यालो अभियान)

हरिवन – अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२० को अवसरमा शुक्रबार हरिवनमा विविध कार्यक्रम गरिएको छ ।

हरिवन नगरपालिका र बागमती सेवा समाज नेपाल नामक गैर सररकारी संस्थाको संयुक्त आयोजनामा हरिवन चोकमा विविध कार्यक्रम गरिएको हो । नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अनुसार श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको हरिवन नगरपालिकामा पनि विभिन्न कार्यक्रमहरु भईरहेको छ ।

कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, वडाध्यक्ष शेख मेहबुब रेजा, ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादव, नेकपाका नेताहरु सुरेन्द्र लामा, चूडामणि वाग्ले, आरती लामा, सगुन सहकारीका अध्यक्ष बाबुराम घिमिरे, सुनचाँदी व्यवसायी संघका अध्यक्ष निरन्जन साह, हकहित संरक्षण केन्द्रका तीलकबहादुर खड्का, बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्की लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्या एवं चुनौती लगायत बारेमा अन्तरक्रिया तथा नेपालको नक्शा सहित आप्रबासी हकहित झल्कने प्रतिकात्मक चित्र कोरिएको थियो ।

error: Content is protected !!