नेपाल पत्रकार महासंघ सर्लाहीसहित विभिन्न निकायलाई स्वास्थ्य सामग्री हस्तान्तरण

2
प्रजिअ मोहनबहादुर जिसीलाई स्वास्थ्य सामम्री हस्तान्तरण गर्दै बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की । तस्बिर : उज्यालो अभियान

मलंगवा – सर्लाहीको हरिवनमा रहेको गैरसरकारी संस्था बागमती सेवा समाज नेपालले वुधवार विभिन्न निकायलाई स्वास्थ्य तथा स्वच्छता सामग्री हस्तान्तरण गरेको छ ।

अक्सफाम नेपालसँगको साझेदारीमा जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल पत्रकार महासंघ सर्लाही शाखालाई सामग्री उपलब्ध गराइएको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए । उनका अनुसार ती निकायलाई तापक्रम नाप्ने थर्मल गन, ह्याण्ड वास, मास्क, ग्लोब्स्, तौलिया, क्लोरिन लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

संस्थाका अध्यक्ष कार्कीले जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीमार्फत सामग्री हस्तान्तरण गरेका हुन् । बागमती सेवा समाज नेपालले यसअघि पनि विभिन्न निकाय, पालिकाहरु, अस्पताल लगायतलाई कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सहयोग गर्ने उदेश्यले स्वास्थ्य एवं स्वच्छता साामग्री सहयोग गरेको थियो ।