सर्लाहीको चक्रघट्टामा स्कुल बस र ट्याक्टर ठोक्कियो, चार विद्यार्थी घाईते

156
सांकेतिक तस्बिर ।


सर्लाहीको चक्रघट्टा गाउँपालिका–७, स्थित भित्री सडकमा मंगलवार बिहान स्कुल बस र ट्याक्टर ठोक्किँदा चार विद्यार्थी घाईते भएका छन् ।

चक्रघट्टामा विद्यार्थी लिन गइरहेको सदरमुकाम मलंगवास्थित ब्राईट इङलिस आवासिय विद्यालयको ना ३ ख २५८७ नम्वरको बस र विपरीत दिशाबाट आउँदै गरेको अनटेष्ट ट्याक्टर ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४, का ९ वर्षीय गौरव साह, ८ वर्षीय रमेश साह, ७ वर्षीय एसान सेख र वर्ष ७ कै अफराज आलम घाईते भएका प्रहरीले जनाएको छ । सामान्य घाईते सबै विद्यार्थी स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किसकेका छन् ।