धनकौल, २९ कात्तिक – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पूजाका सामग्री बोकेर सर्लाहीको धनकौल गाउँपालिकामा छठघाटसम्म पुगेका छन् ।
उनी टाउकोमा छठका सामग्री राखिएको डालो (छैंटी) बोकेर धनकौल गाउँपालिका-२ स्थित धनकौल गाउँको छठघाटमा पुगेका नेपाली कांग्रेसका नेता गजेन्द्र साहले उज्यालो अभियानसँग बताए ।

थापाले अहिले भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई सुन्दरपुर गाउँमा पुगेर भेट गर्दै छन् ।