गगन थापा ।
धनकौल, २९ कात्तिक – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पूजा मनाउन आज (आइतबार) सर्लाही आउँदै छन् ।
उनी आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ का विभिन्न छठघाटमा पुगेर व्रतालु तथा आम नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको कांग्रेस सर्लाही ४ का क्षेत्रीय सभापति कौशलकिशोर सिंहले जानकारी दिए । कांग्रेस सभापति थापा गत निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवार थिए ।
पार्टी सभापति थापाले आज दिउँसो धनकौल बजारमा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने र त्यसपछि साँझपख विभिन्न छठघाटमा पुग्ने कार्यक्रम रहेको क्षेत्रीय सभापति सिंहले उज्यालो अभियानसँग बताएका छन् ।