सुन्दरपुर, २७ कात्तिक – हिजो बिहान भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाएका चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर गाउँका १३ जनाको भर्खरै गाउँ ल्याएर सामूहिक अन्त्येष्टि सुरु भएको छ ।

हेटौँडा अस्पतालमा साँझ अबेर पोस्टमार्टम सकेर १३ जनाको शव हेटौँडा महानगरपालिकाको शवबहानमा राखी सुन्दरपुर ल्याइएको हो । १३ जनाकै अहिले राति नै सामूहिक अन्त्येष्टिसमेत गरिँदै छ ।

शोकाकुल गाउँमा १३ जनाको शव आएपछि गाउँलेको भीड लागेको छ । मृतक १३ जनाकै नजिकै रहेको लखन्देहीखोलामा लगेर अन्त्येष्टि पनि सुरु भइसकेको छ ।