logo
  • शनिबार, कार्तिक २९, २०८३ / Saturday, Nov, 14 ,2026

मृतकका परिवारसँग ३ बुँदे सहमति, शव सर्लाही ल्याइँदै


  • उज्यालो अभियान

मलंगवा, २७ कात्तिक – हिजो मकवानपुरको भीमफेदी चिसापानी गढीमा भएको हायस गाडी दुर्घटनामा ज्यान गुमाएकाहरुको शव बुझ्न परिवारका सदस्य सहमत भएका छन् ।

सहमति भएसँगै आफूहरु अब एकैछिनमा शव बुझेर सर्लाहीतर्फ हिँड्न लागेको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले उज्यालो अभियानलाई जानकारी दिए ।

दुर्घटनाका दोषीलाई कारवाही गर्ने, अभिभावक गुमाएका बालबालिकाको शिक्षादीक्षा तथा पालनपोषणका लागि राज्यले जिम्मेवारी लिने र गाडीधनी तथा बीमा कम्पनिले प्रदान गर्ने क्षतिपूर्ति रकममा थप केही रकम प्रदान गर्ने सहमति जुटेको गाउँपालिका अध्यक्ष यादवले बताए ।

गाउँले मृतकहरुको अन्त्येष्टि गर्ने तयारीमा जुटेका छन् भने गाउँमा रुवाबासी चलिरहेको छ । १३ वटा शवकाे सामुहिक रुपमा दाहसंस्कार गरिने छ ।