logo
  • बिहिबार, कार्तिक २७, २०८३ / Thursday, Nov, 12 ,2026

काठमाडाैंबाट सर्लाही आउँदै गरेकाे ईभी दुर्घटनामा थप ३ शव फेला पर्याे : मृतक संख्या १४


  • उज्यालो अभियान

हरिवन, २६ कात्तिक – काठमाडाैंबाट सर्लाही आउँदै गरेकाे ईभी गाडी दुर्घटनामा थप ३ जनाकाे शव फेला परेकाे छ । याेसँगै मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको ईभी गाडी मकवानपुरको चिसापानी गढीमा सडकबाट करिब ७०० मिटर तल खसेकाे थियाे । सहप्रवक्ता डीएसपी थापाका अनुसार दुर्घटनामा मृत्यु भएका ११ जनाको शव हेटौंडा अस्पतालमा ल्याइएको छ भने थप तीन जनाको शव दुर्घटनास्थलबाट केहीबेर अघि फेला परेको हाे । उनिहरुकाे पहिचान खुलिसकेकाे छैन ।

भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा भएकाे दुर्घटनामा परेर मृत्यु भई पहिचान खुलेका ११ जनामा सबारी चालक कबिलासी नगरपालिका-८ का ३० वर्षीय रवि शंकर कुमार मण्डल सहित चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका २६ वर्षीय सुवेक यादव, आठ वर्षीया शिक्षा यादव, चार वर्षीया दिपिका कुमारी यादव, २५ वर्षीय सुवोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन् ।

त्यस्तै दुर्घटनामा घाइते ६ जना मध्य ३ जना डिस्चार्ज भइसकेकाे र ३ जनालाई चितवन रिफर गरिएकाे छ । सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार डिस्चार्ज हुनेमा चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र यादव रहेका छन् ।

त्यसैगरी, चितवन रिफर गरिएकामा तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदिप यादव रहेका छन् । उनीहरूमध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर तथा अन्य दुई जनाको अवस्था मध्यम रहेको छ ।

दुर्घटनामा एकै घरका ४ जनासहित १३ जनाकाे मृत्यु भएपछि सर्लाहीकाे सुन्दरपुर गाउँ शाेकमग्न बनेकाे छ ।

याेपनि पढ्नाेस्

हायस दुर्घटनामा १० जनाको मृत्युपछि सुन्दरपुर गाउँमा रुवाबासी