कर्मैया, २५ कात्तिक – बागमती नगरपालिका–१२, बोटे टोलमा आज अपरान्ह मोटरसाइकल पल्टँदा चालकको ज्यान गएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित पुतली चोकबाट भित्री सडक हुँदै बोटे टोलतर्फ जाँदै गरेको को ११ प ३७९५ नम्वरको मोटरसाइकल अनियन्त्रित भएर पल्टँदा चालक मोरङको सुन्दर हरैचा नगरपालिका–६ घर भइ पुतली चोकमा रहेको दिदीको घरमा बस्दै आएका २५ वर्षीय रुपक विश्वकर्माको ज्यान गएको हो । युवकलाई नमूना अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हुन सक्ने आशंका छ ।