बरहथवा – अन्डेफको सहयोगमा साउथ एसीया पार्टनरशिप नेपाल (साप–नेपाल) को आयोजनामा सर्लाहीको बरथहवा नगरपालिका वडा नं ८,११ र १३, बसबरीया गाउँपालिका वडा नं ३, चन्द्रनगर गाउँपालिका वडा नं २,३,४,५,६ र हरिपुर नगरपालिकाको वडा नं ७,९,६,१ मा नेपालमा स्थानिय सरकारमा लैगिंक उत्तरदायी सुशासन प्रवद्र्धन कार्यक्रम संचालन भैरहेको छ ।
यस कार्यक्रम अन्र्तगत उक्त पालिकाका ३० जना अगुवा मुसहर महिलाहरुलाई घुम्ती प्रशिक्षक तालिम दिएको थियो । तालिम पछि उनिहरुले साप–नेपालको सहयोगमा आ–आफ्नो पालिकामा ३१ वटा मुसहर महिला सशक्तिकरण मञ्च (ध्यःभ्ँ) गठन गरेका छन् । उक्त चार वडा पालिकाका ३१ वटा मुसहर महिला सशक्तिकरण मञ्चका १५०० मुसहर महिलाहरुलाई महिला सशक्तिकरण तथा लैंगिक उत्तरदायी स्थानिय बजेट बिषयक प्रसिक्षण कार्यक्रम संचालन गर्दै आएकोछ ।
यस क्रममा २०७८ मंसीर ७ र ८ गते बरथहवा नगरपालिका वडा नं. ८ मा मुसहर महिला सशक्तिकरण मन्चका ८० जना मुसहर अगुवा महिलाहरुलाई महिला सशक्तिकरण तथा लैंगिक उत्तरदायी स्थानिय बजेट बिषयमा तालिम सम्पन्न गरिएको छ । मुसहर महिलाको नेतृत्व क्षमताको विकास गर्न, सरकारी तथा अन्य सरेकारवाला निकायहरुको जवाफदेहिता अभिवृद्धी गर्न ।
स्थानिय सरकारको योजना तथा बजेट बारे जानकारी गराई योजना निमार्ण प्रकृयामा मुसहर महिलाहरुको सहभागीता बढाउने उद्देस्यले यस तालिमको आयोजना गरेको साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी गराउनु भएको थियो । कार्यक्रममा बरथहवा नगरपालिकाका योजना शाखाका प्रमुख कमल प्रसाद पौडेलले सहजिकरण गर्दै नगरपालिकाले विपन्न समुदायलाई लक्षित गरेर बनाएका योजना र बजेटको बारेमा प्रशिक्षण दिए ।
योजना निमार्ण प्रकृया र चरणहरु बारे बताउदै महिलाहरुले बस्ति स्तरको भेलामा सहभागीता जनाएर आफ्नो योजना माग गर्नु पर्ने बताए । नगरपालिकामा मौजुद योजनाहरु र बजेटको बारेमा बजेट पुस्तीका मार्फत जानकारी गराएका थिए ।
उनले लैङ्गिक उत्तरदायी बजेट, सामाजिक जवाफदेहिता र यसको बिधिको बारेमा बताउनु भएको थियो । उनले नेतृत्व विकास संगै मुसहर समुदायले आफुलाई व्यवसायिक बनाउनु पर्नेमा जोड दिए ।
नेपाल राष्ट्रिय मुसहर संघ सर्लाहीका अध्यक्ष रितुराज ऋिषीले नेपालमा मुसहर तथा दलित समुदायको अबस्थाको बारेमा जानकारी गराउनुको साथै मुसहरहरुको शैक्षिक,आर्थिक, सामाजिक, राजनितिक र साँस्कृतिक अवस्था र उनिहरुले भोगेको समस्याको बारेमा बताउदै समस्या समाधानको उपाएको बारेमा प्रशिक्षण दिएका थिए ।
साप–नेपालकी फिल्ड सुपरभाईजर रिना विष्ट र स्थानिय श्रोतव्यक्ति सम्झाबति माझीले लैङ्गिक समानता, महिलाहरुको लैङ्गिक,आर्थिक, सामाजिक भुमिका र आयआर्ज र बचत बारे प्रशिक्षण गरेका थिए ।
सामाजिक,राजनितिक,आर्थिक मुद्दाहरुमा पैरवी गर्न महिलाहरुको क्षमता विकास आवश्यकता भएको हुदा शिक्षा, स्वास्थ्य,सरसफाई,विकास,आयआर्जन, महिला हिंशा, जातिय छुवाछुत महिला सशक्तिकरण, सामाजिक जवाफदेहिता वारे सचेतना अभिवृद्धि गराएको जनक कार्कीले बताए । हाल सम्म मुसहर समुदायले लक्षित समुदायलाई छुट्टाइएको कार्यक्रमहरु नपाएको ।
आगामी दिनमा विभिन्न सरकारी तथा गैर सरकारी निकायहरु गाउँपालिका, नगरपालिका, महिला तथा वालवालिका शाखा,स्वास्थ्य शाखा ,कृषि,पशु कार्यालयवाट दिईने सेवा र सुविधा माग गर्नु पर्ने बताए । स्थानिय विकास योजना छनौट तथा निमार्ण देखी निर्णय प्रकृयामा सुशासन, सहभागीता,पारदर्शीता अभिवृद्धि गर्न मुसहर महिलाहरुको अर्थपुर्ण सहभागिता बडाउनुका साथै अन्य सरोकारवाला निकायहरु संग समन्वय र सम्पर्क विस्तार गर्न तालिमले सहयो पुगेको छ ।
कार्यक्रममा बरथहवा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष भरत शाहले महिलाहरुले समुह मार्फत योजना माग गरेमा बजेट छुट्टाउने बताए । हाल सम्म मुसहर समुदाय बाट कुनै पनि किसीमका योजनाहरु माग नभएको बताए । उनले साप–नेपालले सिमान्तकृत दलित तथा मुसहर समुदायलाई लक्षित गरेर कार्यक्रम संचालन गरेकोमा खुसि प्रकट गर्नुका साथै आफुले सहयोग गर्ने बताए ।
कार्यक्रममा बरथहवा नगरपालिका वडा नं ८ का वडा सचिव पार्वती गिरी, वडा सदस्य किसुन महतो, महिला सदस्य, नेपाल मुसहरसंघ सर्लाहीको अध्यक्ष रितुराज ऋषि बरथहवा नगरपालिकाको योजना शाखा प्रमुख कमल पौडेलको आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा मीडीया पार्टनर रेडियो एकताका जनार्जन खत्रीले स्थानिय सरोकारवाला निकायहरु नगरपालिकाको योजना कार्यक्रम बजेटका साथै कार्यक्रममा मुसहर महिलाहरुको सहभागीताको बारेमा सम्बाद गरेका थिए । उक्त प्रशिक्षण कार्यक्रममा ८० जना मुसहर अगुवाहरुले भाग लिएका थिए ।