कविलासी, २८ असोज – कविलासी नगरपालिका–७, गैरका स्थानीयले आज बिहान नवलपुर–मलंगवा सडकखण्डमा चक्काजाम गरेका छन् ।
गैर बजारमा दुर्गा पूजाको पण्डाल तोडफोड र आयोजकमाथि गएराति कुटपिट भएको विरोधमा स्थानीयले बिहान चक्काजाम गरेका हुन् । स्थानीय प्रहरी अधिकारीले घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारवाही गर्ने आश्वासन दिएपछि चक्काजाम खुल्यो ।
दुर्गा पूजा समितिका अध्यक्ष नागेन्द्र राउतले सिर्सिया गाउँतर्फबाट मदिरा सेवन गरेर आएका २०/२५ जना यूवाको समूहले पूजास्थलमा तोडफोड गरेका बताए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले घटनाको अनुसन्धान भइरहेको बताए ।