हरिवन, २७ असोज – नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सह-संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सर्लाहीमा शोकमा रहेका दुई परिवारमा समवेदना प्रकट गरेका छन् ।
पूर्व प्रधानमन्त्री नेपालले साेमबार सर्लाही आएर हरिवन निवासी पार्टीका नेता अच्यूतम काफ्लेको छोरा सतिशकुमार काफ्ले र बागमती नगरपालिका ३ का वडाध्यक्ष तिलक मोक्तानको निधनमा दुःख व्यक्त गरेका छन् ।
उनले मृतक काफ्ले र मोक्तानको निवासमै पुगेर उहाँहरुको तस्बिरमा माल्यार्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको नेकपाकी नेतृ एवं मधेश प्रदेशसभा सदस्य बेची लुंगेलीले जानकारी दिइन् ।