हरिपुर, २४ असोज – ग्रामीण नारी उत्थान संघ र ग्राउन्डसवल इन्टरनेसनलको सहकार्यमा संचालन भएको जैविक कृषि परियोजना (ALCM) परियोजनाले युवा नवप्रवर्तन प्रतिस्पर्धा २०२६ आयोजना गरेको छ ।
जैविक/प्राकृतिक कृषि, ग्रामीण महिला सशक्तिकरण, युवा परिचालन, जलवायु अनुकूलन ( क्लाइमेट रेजिलेन्स), हरित रोजगार ( ग्रिन जब) का लागि युवाहरूमा रहेको विभिन्न किसिमको नवप्रवर्तन (इनोभेसन), रिसर्च र लघु उद्यम (इन्टरपनरसिपहरु) को अवधरणालाई प्रवद्र्धन गर्नको लागि यो कार्यक्रम आयोजन गरेको परियोजना संयोजक मुकुन्दराज जोशीले जानकरी दिए ।
ग्रामीण नारी उत्थान संघले यस कार्यक्रमको लागि साउनमा आवेदन खुलाएको थियो । जस अन्तर्गत १७ वटा आवेदन परेको थियो ।
१७ वटा आवेदनमा पाँचवटा आवेदनलाई (pitching) को लागि बोलाइएको थियो । फाइनल पिचिङ प्रतियोगिता लालबन्दीमा रहेको होटल युनाइटेडमा २०८३ असोज २४ गतेका दिन सम्पन्न भएको हो ।
फाइनल (pitching) ग्रामीण नारी उत्थान संघले सहभागी ५ जनाको इनोभेसनहरूलाई कार्यक्रम कार्यान्वयन (इम्प्लिमेन्ट) गर्नको लागि प्राविधिक सहयोग गर्ने निर्णय गरेको छ । उत्कृष्ट तीन जनालाई आर्थिक र प्राविधिक दुवै सहयोग गर्ने निर्णय गरिएको छ । जस अन्तर्गत ३ लाख ५० हजार रुपैयाँ तीन जना युवालाई सहयोग गर्ने निर्णय गरिएको छ ।
यस्ता कार्यक्रमहरूले युवाहरूलाई जैविक कृषि तिर आकर्षण गर्ने र देशको पनि आवश्यक रहेको हुनाले यो कार्यक्रम आयोजना गरेको ग्रामीण नारी उत्थान संघका संरक्षक विष्णुप्रसाद चालिसे बताए ।
विजेताहरूलाई उनीहरुको पहल र सफलताको आधारमा आगामी वर्षहरूमा पनि सो कार्यक्रममा समावेश गर्न सकिने र युवा लक्षित यस्ता कार्यक्रमहरु ग्राउन्डसेल इन्टरनेसनलको प्राथमिकतामा रहेको हुँदा थप कार्यक्रमहरू आयोजना गर्ने ग्राउण्डसवल इन्टरनेसनलका दक्षिण एसिया संयोजक नवराज उपाध्यायले बताए ।