(तस्बीर : मनिषबहादुर बुढाथोकी)
नवलपुर, २३ असोज – सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा रहेको नेत्रगंज महिला बचत तथा ऋण सहकारी संस्थाको आज २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको कार्यालय परिसरमा सम्पन्न साधारण सभामा गत आर्थिक वर्षको हरहिसाब पारित तथा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको संस्थाकी अध्यक्ष भविता ढकालले जानकारी दिईन् ।
साधारण सभामा संस्थाले असल बचतकर्ता, ऋणीलगायतलाई सम्मानसहितको कार्यक्रम सम्पन्न गरेको छ ।