लालबन्दी, २२ असोज – लालबन्दी बजारमा हिजो पनि अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, खाद्य व्यवस्था तथा गुण नियन्त्रण डिभिजन कार्यालयसहितको टोलीले बजार अनुगमन गरेको हो ।
त्यसक्रममा विभिन्न पसल तथा होटल व्यवसायबाट म्याद गुज्रिएका तथा लेबल नभएका वस्तु बरामद गरी नष्ट गरिएको र व्यवसायीलाई सचेतसमेत गराइएको खाद्य व्यवस्था तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवाका निमित्त प्रमुख दिनेश ढुंगानाले बताए ।