logo
  • मङ्लबार, अशोज २०, २०८३ / Tuesday, Oct, 06 ,2026

सर्लाहीको चुरेभेगमा रातभर वर्षा, काटेको धानमा क्षति


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, १९ असोज – सर्लाहीको उत्तरी चुरेभेगका केही ठाउँमा रातभर मुसलधारे पानी परेको छ ।

चुरेभेगको घारिबथान, परवानीपुरलगायत क्षेत्रमा रातभर दर्के झरी परेको स्थानीयले बताएका छन् । अकास्मत रुपमा परेको पानीले काटेर निन सुकाएको धान बालीमा व्यापक क्षति गरेको किसानको भनाइ छ ।

पानी परेपछि चुरवर्ती क्षेत्रमा शित्तलता महसुस गरिएको छ ।

रातभर पानी परेकाले बाँके, कालिन्जोर, फूलजोरलगायतका खोलामा आकस्मिक बाढी आउने जोखिम रहेको छ ।