logo
  • आइतवार, अशोज ४, २०८३ / Sunday, Sep, 20 ,2026

सर्लाहीका विभिन्न कार्यालय र चौक, चौतारमा दीप प्रज्वलन


  • उज्यालो अभियान

हरिपुर, ०४ असोज – संविधान दिवस, २०८३ को अवसरमा गएसाँझ सर्लाहीमा दीप प्रज्वलन गरिएको छ ।

संविधान जारी भएको दिनको स्मरणमा खुसीयाली मनाउँदै जिल्लाभर नै दीप प्रज्वलन गरिएको हो । विशेष गरी सरकारी कार्यालय, बजार, चोक, चौतारामा गएसाँझ दीप प्रज्वलन भएका हुन् ।

जिल्लागतरुपमै भएको निर्णय बमोजिम आफूहरुले पनि साँझ वडा कार्यालय परिसरमा दीप प्रज्वलन गरेको हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाले जानकारी दिए ।