लालबन्दी, ३१ भदौ – लालबन्दी नगरपालिका-१०, चन्द्रपुरमा बुधबार बिहान चिर्पट प्रहारबाट एक जना घाइते भएका छन् ।
चिर्पट प्रहारबाट स्थानीय ४० वर्षीय रमेश भुजेल गम्भीर घाइते भएका हुन् । घाइते भुजेललाई मोडेल अस्पताल लालबन्दीमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौँ लगिएको छ । घाइते रमेश भुजेल अचेत अवस्थामा रहेका छन् ।
रमेशलाई चिपर्ट प्रहार गरी घाइते बनाउने ४५ वर्षीय ध्रुव भुजेललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक श्याम थापा मगरले उज्यालो अभियानसँग बताए । प्रहरीले घटनामा प्रयोग भएको चिर्पटसमेत बरामद गरेको छ ।
मदिरा सेवन गरेर हो–हल्ला गरेपछि कुटपिट भएको प्रारम्भिक जानकारी आए पनि घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर मगरले जानकारी दिए ।