बरथवामा नगरपालिका स्तरीय मुसहर महिला सशक्तिकरण सन्जाल समिति गठन

बरथवा – टाडीमा शुक्रबार नगरपालिका स्तरीय मुसहर महिला सशक्तिकरण संञ्जाल समिति गठन गरिएको छ ।

संझा देवी माझीको अध्यक्षतामा बरथवा न।पा को वार्ड नं ८ टाडी , टाडीवासपासका र हिरापुर का मुसहर तथा दलित महिलाहरुलाई समेटेर १३ सदस्यीय बरथवा मुसहर महिला सशक्तिकरण संञ्जाल समिति गठन गरिएको हो । उक्त सञ्चालले आगामि दिनहरुमा मुसहर तथा दलित महिला समुदायको उत्थानको लागि आर्थिक, सामजिक, राजनीतिक लगायत मुद्दामा पैरवी गर्ने छ ।

सञ्जालको उपाध्यक्षमा लक्ष्मी देवी माझी, कोषाध्यक्ष शान्ती देवी पासवान, सचिव सरिता कुमारी माझी, सह सचिव श्रीपती देवी पासवान र सदस्य मगरी माझी, रेखा पासवान, सुनिता माझी, ममता माझी, भदीया माझी, जयमन माझी, शिवितीया माझी, गर्र्भी देबी माझी रहेका छन । संञ्जालले अव वडा कार्यालय तथा नगरपालिकासम्म पुगेर मुसहर तथा दलित समुदायको उत्थान र विकासका लागि जनप्रतिनिधीलाई घच्घच्याउने लगाय काम गर्ने छ ।

बरथवामा ५ वटा मुसहर तथा दतिल महिला सशक्तिकरण मञ्चमा २०० जना महिला सदस्यहरु समेटीएका छन । त्यसै गरी अन्डेफको सहयोग तथा साउथ एशिया पाटनशीप नेपाल (साप नेपाल) को पहलमा मुसहर महिला सशक्तिकरण मञ्च अन्तर्गत सर्लाहीको बशवरिया गाउ पालिका हरिपुर नगरपालिका, चन्द्रनगर गाउपालिकामा ३२ वटा मुसहर महिला कृषक समुह गठन गरिएको छ ।

ती मञ्चका १६०० मुसहर तथा दलित महिलालाई विभिन्न कार्यक्रमको मध्यमद्धारा सचेतना जगाउने,वचत गर्न प्रोत्साहन गर्ने, वडा तथा पालिकाको कार्यालयमा पहुच पुराउनेलगायतको कार्य गर्दे आइरहेको छन ।

सञ्जालको अध्यक्ष संझावती माझीको अनुसार मुसहर समुदाय कहिल्यै सरकारी सुविधा तथा वजेट नपाउने कारण मुसहर महिलाहरुको संगठन थिएन अव संगठन मञ्च तथा सञ्जाल भएको छ । संञ्जालको पहलवाट मुसहर समुदायको लागि भुई स्थान सामुदयिक भवन,समुदायमा खाने पानी, वालिवालिका पढाउन छात्रवृतिको लागि पहल गर्ने भनी बताईन् ।