घुर्कौलीमा चालिसमा दाँहा प्रदर्शन

घुर्कौली – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा मुस्लिम समुदायको साँस्कृतिक उत्सव चालिसमा दाँहा प्रदर्शन सुरु गरेको छ ।

सो प्रदर्शनको बिहीबारसाँझ संविधान सभा सदस्य नरेन्द्र साहले उद्घाटन गरेका छन् । सो समारोहमा हरिवनका मेयर रमेश बुढाथोकी (कमल), उपमेयर हरिमाया घलान, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, वडाध्यक्ष नागेन्द्रकुमार साह, आयोजक फैजाने युवा क्लबका अध्यक्ष सुलेमान साह, मेला व्यवस्थापक फूलमहम्मद मन्सुरलगायतको आतिथ्यता रहेको थियो ।

मुस्लिम समुदायले उक्त उत्सव असोज ११ गतेसम्म मनाउने छन् ।