´जनताकाे साथमा कांग्रेस` अभियान धनकौलमा

कार्यक्रममा सहभागी कांग्रेस नेताहरु । (तस्बिर : सामाजिक संजाल)

धनकौल – ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत मंगलबार सर्लाहीको धनकौल बजारमा कांग्रेस क्षेत्र नं. ४ को क्षेत्रीय भेला सम्पन्न भएको छ ।

क्षेत्रीय सभापति रामआश्रय साहको अध्यक्षता तथा ‘जनताको साथमा कांग्रेस’ अभियानका सर्लाही प्रतिनिधि दिनेशकुमार यादवको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । धनकौल बजारमा भएको भेलामा पार्टीका मधेश प्रदेश समितिका उपसभापति एवं मन्त्री वीरेन्द्रप्रसाद सिंह, जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, निवर्तमान जिल्ला सभापति नागेन्द्र राय, वर्तमान जिल्ला उपसभापति डा. सरोजकुमार, पूर्व सभासद् शम्भु पासवान लगायतले मन्तव्य राखेका थिए ।

मंसिर ४ को चुनावलाई लक्षित गर्दै कांग्रेसले संचालन गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत सर्लाहीमा यस्ता किसिमका भेला आयोजना भइरहेका छन् ।