बिद्यालय कर्मचारीको आन्दोल प्रति शिक्षक महासघं बागमतीको ऐक्यबद्धता

बागमती–बिद्यालय शिक्षकहरुले सुरु गरेको आन्दोलन प्रति नेपाल शिक्षक महासघं बागमती नगर समितिले ऐक्यवद्धता जनाएको छ ।

सोमवार एक विज्ञप्ती प्रकाशित गरी महासघं बागमती नगर समितिले बिद्यालय शिक्षकहरुको जायज माग तत्काल सम्बोधन गर्न आग्रह गरेको हो । महासघं बागमती नगर समिति अध्यक्ष लोकनाथ दहालले हस्ताक्षर गर्नु भएको विज्ञप्तीमा बिद्यालय शिक्षकहरुले सुरु गरेको आन्दोलनलाई हल्का रुपमा नलिन समेत सम्बन्धीत पक्षलाई आग्रह गरिएको छ ।

‘विज्ञप्तीमा भनिएको छ, राज्यको जिम्मेवार निकायबाट नेपालका शिक्षक समुदायलाई विभेदको ब्यवहार हुदै आएको छ । यस्तो ब्यवहारले सधै शिक्षा क्षेत्रमा कृयाशिल कर्मचारीहरुको मनोवल खस्किएको छ ।’ सरकारले आर्थिक बर्ष २०७९÷०८० को बजेट बक्तब्यमा राष्ट्रिसेवक बिद्यालय कर्मचारीहरुलाई नसमेट्नु लज्जाको बिषय भएको महासघंले उल्लेख गरेको छ ।

बिद्यालय कर्मचारी र बालविकास शिक्षकहरुको तमाम समस्या तत्काल सम्बोधन गर्न समेत नेपाल शिक्षक महासंघ बागमती नगर समितिले विज्ञप्ती मार्फत माग गरेको हो । यसैविच नेपाल शिक्षक महासंघ केन्द्रिय समिति सगँ गरेको सहमती बिनासर्त तत्काल लागु गर्न समेत महासंघ बागमती नगर समितिले जोडदार माग गरेको छ ।