जनवाल कल्याण मावीका छात्र छात्रालाई रुद्र दिप छात्रावृत्ती प्रदान

सरिता सापकोटा, बागमती–सर्लाहीको बागमतीमा रहेको श्री जनवाल कल्याण माध्यामिक बिध्यालयका छात्र छात्रालाई रुद्र दिप स्मृती छात्रबृत्ती प्रदान गरिएको छ ।

मंगलवार एक कार्यक्रमका विच उक्त बिध्यालयमा अध्यनरत् एक छात्र र एक छात्रालाई छात्रावृत्ती प्रदान गरिएको बिध्यालयका प्रधानाध्यापक महेश प्रसाद शर्माले जानकारी दिए । बिध्यालय ब्यवस्थापन समितीका वरिष्ठ सदस्य समेत रहनु भएका गिता बहादुर भट्टराईले केही समय पहिला स्थापना गर्नु भएको रुद्र दिप स्मृती अक्षय कोषबाट छात्रबृत्ती वितरण गरिएको हो ।

भट्टराईले बिद्ययालयमा आमा बुवाको नामबाट खोलीएको अक्षय कोषबाट प्रतेक शैक्षिक सत्रका जेहेन्दार र विपन्न छात्र छात्रालाई अध्यनमा प्रोत्साहन हुनेगरी छात्रबृत्ती वितरण गर्दै आएको बताए । कार्यक्रम मार्फत सोही विध्यालयको कक्षा ५ मा अध्यनरत् छात्रा सन्ध्या लोप्चन र कक्षा ७ मा अध्यनरत छात्र अविनाश मोक्तानलाई शैक्षिक सत्र २०७८ को छात्रावृत्ती प्रदान गरिएको हो ।

उनीहरुलाई जनही ३५ सय नगद र प्रमाण पत्र प्रदान गरिएको कार्यक्रम संचालक एवं शिक्षक निर्मल तिमल्सीनाले जानकारी दिए ।भट्टराई अवकाश प्राप्त पुर्व प्रधानाध्यपक समेत हुन् । सबै बालबालिकाको पहुचमा शिक्षा हुनुपर्ने उन्को प्रतिकृया थियो ।

अक्षय कोष संचालक भट्राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती नगरपालिका–२,का वडाध्यक्ष टेक बहादुर बलको प्रमुख आतिथ्यतामा तथा बिध्यालय ब्यवस्थापन समिती सदस्य टंक बहादुर बोहोराको विशिष्ठ अतिथ्यता रहेको थियो । बिध्यालय प्रांगणमा भएको कार्यक्रममा बिध्यार्थी शिक्षक, शिक्षिका, अभिभावक लगाएतको समेत सहभागिता रहेको बिध्यालयले जनाएको छ ।