सरिता सापकोटा/बागमती–भारतको सिक्किममा जारी स्वतन्त्रता कप नकआउट फुटवल प्रतियोगिताको उपविजेताको उपाधि बागमती युवाक्लवले चुमेको छ ।

भारतको ७६ औँ स्वतन्त्रता दिवसको अवसरमा सिक्किमको प्याक्योङमा भएको फुटवल प्रतियोगितामा बागमती युवा क्लव उपविजेता बनेको हो । सोमवार सम्पन्न फाईन खेलमा जेभिसी सिङटिम सगँ २–१ गोल अन्तरमा बागमती पाराजित भएको थियोे । बागमती युवा क्लवले उपविजेता बन्दै २ लाख भरतिय नगद, उपविजेता सिल्ड र मेडल प्राप्त गरेको छ ।

प्रतियोगिता अवधिभरी बागमती युवाक्लव बागमतीले ५ वटा खेल खेलेको थियो । प्रतियोगितामा सिक्किम सहित विभिन्न प्रान्तका गरी २६ वटा टिम सहभागि भएका थिए । उपविजेताको उपाधि उचालेका बागमती युवा क्वलका खेलाडि तथा अफिसियल समेत उत्साहित देखिएका छन् । बागमती यूवा क्लव फुटवल खेलको लागि पहिलो पटक भारत भ्रमणमा गएको हो ।

प्रतियोगिताको नतिजा सोचे जस्तो नआए पनि यसबाट टिमका खेलाडि समेत उत्साहित रहेको क्लवका सचिव कुमार प्रधानले जानकारी दिए । टोली क्लवका अध्यक्ष किष्मत मैनालीको नेतृत्वमा सिक्किम पुगेको हो । टिम क्याप्टेन विजय घलानको नेतृत्वमा मैदान प्रवेश गरेको बागमतीको तर्फबाट एक गोलमात्र भए पछि बागमती २–१ गोल अन्तरले पछि परेको हो ।

चर्चित फुटवल प्रतियोगिता राजर्षि जनक कप आयोजना गर्दै आएको बागमती यूवा क्लव मोफसलको निकै ब्यवस्थित क्लव मानिदै आएको छ । क्लवका सचिव प्रधानका अनुसार बागमती यूवा क्लवले स्थानीय स्तरमा रहेका खेलाडिहरुलाई छनौट गरेर पारिश्रमीक सहित अनुवन्ध गर्ने, आफ्नै होस्टलमा राखेर प्रशिक्षित गर्ने गर्दै आएको छ ।

खेलाडिहरुका लागि यातायात सुविधा समेत दिदै आएको यस क्लवको आफ्नै ब्यवस्थित खेल मैदान रहेको छ । भने, क्लवको आफ्नै एम्बुलेन्स रहेको प्रदानले जानकारी दिए । बागमती नगरपालिका सगँको सहकार्यमा क्लवले महिला र पुरुष खेलाडिहरुलाई बन्द प्रशिक्षणमा समेत राख्ने गरेको छ । क्लवलाई निरन्तर सकृय राख्दै खेलाडिहरुलाई प्रशिक्षित गर्ने र अवसर प्रदान गर्नेकाम नगरपालिका र मेयर भरत कुमार थापाको योजनाकै कारण सफल भएको क्लवका अध्यक्ष मैनालीको भनाई छ ।

मेयर थापा खेल प्रतिनिकै नजिक रहेकाले खेल क्षेत्रको संरक्षण र सम्बर्धनमा टेवा पुगेको क्लवका महासचिव सागर मैनालीले बताए । खेलकै माध्यमबाट नगरको पहिचान देश विदेश सम्म पु¥याउने लक्ष्य मेयर थापाको रहेको उन्को भनाई थियो । ‘मेयर सावको उद्येश्य भनेकै नगरलाई खेलको माध्यमबाट स्वच्छ र स्वस्थ बनाउने हो ।’ महासचिव मैनालीले भने, ‘पछिल्लो समय मोफसलमा बागमती युवा क्लव बागमती नगरको पहिचान समेत बन्दै गएको छ ।’

केही समय पहिलामात्र साफ २० बर्षमुनिको पुरुष च्याम्पियनशिपको लागि छनौट भएका खेलाडिमा बागमती यूवाक्लव बागमतीबाट तिन खेलाडि छनौट भएका थिए । नेपालको राष्ट्रिय टोलीमा बागमतीका अमर श्रेष्ठ, अभिषेक वाईवा र दिपेश राई छनौट भएका हुन् । यसरी मोफसलबाट निरन्तर खेलेर राष्ट्रिय टोलीमा समेत छनौट हुदा खुसी लागेको खेलाडिहरुको प्रतिकृया थियो ।

टोली मंगवलार स्वदेश फर्किएको छ । साझ सम्म सर्लाही आईपुग्ने क्लवका सचिव प्रधानले जानकारी दिए ।