बागमती नगरपालिकाद्वारा प्रहरीलाई गाडी हस्तान्तरण

बागमती – सर्लाहीको बागमती नगरपालिकाले ईलाका प्रहरी कार्यालय कर्मैयालाई गाडी हस्तान्तरण गरेको छ ।

आइतबार एक कार्यक्रमबीच नगरप्रमुख भरत कुमार थापाले गाडीको चावी सर्लाही प्रहरी प्रमुख एसपी प्रविण पोखरेललाई हस्तान्तरण गरेका हुन् । प्रहरीलाई शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न मद्धत गर्ने उद्येश्यले नयाँ गाडि खरिद गरेर उपलब्ध गराएको नगरपालिका कार्यालयले जनाएको छ ।

चावी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले नगरका नागरिकको शान्ती सुरक्षामा सहज होस् भनेर नगरको तर्फबाट सवारीको ब्यवस्था गरिएको बताए । प्रहरी प्रशासनलाई छिटो छरितो सेवा प्रवाहमा भईरहेको समस्या समाधानको लागि नगरको तर्फबाट सवारी उपलब्ध गराईएको उनको भनाई थियो ।

नगरपालिकाको तर्फबाट जिम्मेवारीबोध गर्दै नगरले प्रहरीलाई गाडीको ब्यवस्था गरेको भन्दै जिल्ला प्रहरीका प्रमुख पोखलले प्रशंसा समेत गरे । यसरी नगरले उपलब्ध गराएको सवारीको प्रयोगले शान्ती सुरक्षा चुस्त दुरुस्त राख्न मद्धत गर्ने उनको भनाई थियो ।

यसले प्रहरी संगठनलाई थप उच्च मनोवलका साथ काम कारवाही गर्न सहज हुने उनकोे अपेक्षा छ । सवारीको ब्यवस्था नहुँदा बागमतीस्थित कर्मैया प्रहरीलाई कुनै घटना वा दुर्घटना भईहाले पैदल नै घटनास्थल सम्म पुग्नु पर्ने बाध्यता रहदै आएको थियो ।