लालबन्दीमा आदिवासी जनजाति चलचित्र महासंघको मधेश प्रदेश समिति गठन

लालबन्दी – आदिवासी जनजाती चलचित्र महासंघ मधेश प्रदेशको भेला शुक्रबार सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ ।


आदीवासी जनजाती चलचित्र महासंघ संघिय परिषद् सचिवालयका अध्यक्ष अमृत बहादुर सुनुुवारको अध्यक्षतामा भेला सम्पन्न भएको हो । मधेश प्रदेशमा कृयाशिल आदीवासी जनजाती चलचित्रकर्मीहरुको तदर्थ समिति समेत गठन गरिएको छ ।
भेलाले सञ्जय बलम्पाकीको अध्यक्षतामा सात सदस्यिय तदर्थ समिती गठन गरेको हो ।

उपाध्यक्षमा निर्मला कुमारी लामा, महासचिवमा सम्झना राइ, सचिवमा मोहन सुनुवार र लक्ष्मी गुरुङ कोषाध्यक्षमा नीरबहादुर दर्लामी मगर, सहकोषाध्यक्षमा एलिना माझी चयन भएका छन् ।


महासंघको प्रदेश स्तरिय अभियान अन्तर्गत यस अघि गण्डकी, लुम्बिनी र १ नम्बर प्रदेशमा समिती गठन भइसकेको छ भने यहि १२ गते सुदुरपश्चिम, १४ गते कर्णाली र १७ गते बागमती प्रदेशमा समिती गठन हुने सचिवालयका अध्यक्ष सुनुवारले जानकारी दिए ।