बरहथवा–१४ को मतदान, प्यानलका सबैलाई समान !

बरहथवा – यसपटकको स्थानीय तह निर्वाचनमा मतदाताले ७ वटै उम्मेद्वारलाई एकछापे मत नहाली उम्मेद्वार चयन गरेर जिकज्याक मतदान गर्दा गणनामा समेत ढिलाई भईरहेको गणकहरुले बताउँदै आएका छन् । एकठाउँ मात्र हैन नेपालभर यसपटकको चुनावमा जिकज्याक मत निकै नै बढी देखिएको छ ।

तर बरहथवा नगरपालिका–१४ मा गणना गर्दा भने एकमत पनि यताउती गरिएको छैन । त्यहाँको एकहजार ३२ मतगणना गर्दा एक मत पनि ‘जिकज्याक’ नगरी प्यानललाई नै ७ छापे चिन्ह लगाईएको फेला परेको हो ।

हाल भईरहेको मतगणना अन्तर्गत एकहजार ३२ मत गन्दा सबैभन्दा बढी नेपाली कांग्रेसका सबै उम्मेद्वाहरुले समान २२२ मत पाएका छन् । मेयरका प्रत्यासी बिगु प्रसाद चौधरी, उपमेयर प्रत्यासी गंगा दाहाल, वडाध्यक्ष संजय कुमार देखि अन्य ४ जना सदस्यले बराबर मत पाएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीका मेयर प्रत्यासी जयप्रकाश रायदेखि उक्त पार्टीका सम्पूर्ण उम्मेद्वारलाई समान २३० मद दिईएको पाईएको छ । नेकपा एमालेकी मेयर प्रत्यासी कल्पना कटुवाल, उपमेयर रामबाबु प्रसाद साह सहित उक्त वडाका वडाध्यक्ष एवं सम्पूर्ण सदस्यहरुलाई समान २०८ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका मेयर प्रत्यासी देवानन्द महतोदेखि सबै उम्मेद्वारले १०३ मत पाएका छन् भने राप्रपाको हलो चिन्हका सबै उम्मेद्वारले समान २३ मत पाएका छन् । पार्टीको हकमा त परैजाओस्, प्यानल सहित स्वतन्त्र उम्मेद्वारी दिएका मेयर प्रत्यासी तेजनारायण यादव र उपमेयर बबिता कुमारी साह सहित पुतली चिन्हको सातैजना उम्मेद्वारलाई समान १०३ मत दिईएको छ ।