हरिवन मेयरकाे ´भाग्य निर्णायक` ढ्वाङ खुल्याे !!!

आज बुधबार दिउँसाे २ बजे हरिवन नगरपालिका-११ काे मतगणनाका लागि मतपेटिकाबाट मतपत्र खन्याएर मिलाउँदै कर्मचारी । हालसम्म वडा १ देखि ८ सम्म सम्पन्न तथा वडा ९ काे १३९५ र वडा १० काे ९४७ मत गणना भईसकेकाे छ । अहिलेसम्म काे मतपरिणामकाे तुलना गर्दा ९ र १० नम्बर वडाकाे गणना सम्पन्न हुँदा मेयर उम्मेद्वारहरु नेकपा एमालेका गणेश प्रसाद प्रसाईं र नेकपा माओवादी केन्द्रका रमेश बुढाथाेकी(कमल) बीच कडा प्रतिष्पर्धा हुने देखिएकाे छ । ११ नम्बर वडामा खसेकाे ३ हजार ४७७ मतगणनाकाे परिणाम नै निर्णायक हुने निश्चित भएकाे छ । हालसम्म बुढाथाेकीकाे ४९६६ र प्रसाईंकाे ४४७७ मत रहेकाे छ ।