बसबरियामा अध्यक्ष र उपाध्यक्ष विजयी भएसँगै सर्लाहीमा जसपाले बल्ल खाता खोल्यो

बसबरिया – बसबरिया गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा आफ्ना उम्मेद्वार विजयी भएसँगै सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) ले खाता खोलेको छ ।

बसबरियाकाे अध्यक्षमा जसपाका रामसिंहासन राय चार हजार ९४६ मत सहित विजयी भएका छन् । रायका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामअयोध्या यादवले दुई हजार ८७१ मत मात्रै प्राप्त गरे । पराजित रामअयाेेध्या बसबरियाका निवर्तमान अध्यक्ष हुन् ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा जसपाकै सरिता कुमारी चार हजार ७९५ मत सहित विजयी भईन् । निकतम् प्रतिद्वन्द्वी कांग्रेसकी निभा कुमारीले तीन हजार २३३ मत प्राप्त गरिन् ।