चुनावी खजाना !

ब्राेईलर कुखुरा माेटरसाईकलमा राखेर ओसारपसार गरिँदै । स्थानीय तह निर्वाचन अन्तर्गत अचेल प्रायसः उम्मेद्वारहरुकाे प्रचार प्रसार एवं घरदैलाे कार्यक्रममा खट्ने नेता कार्यकर्ताका लागि खाजाकाे रुपमा अधिकतम् रुपमा ब्राेईलर कुखुराकाे मासु र चिउरा खपत हुने गरेकाे छ । जिल्लाकाे उत्पादनले नभ्याए पछि दक्षिणी क्षेत्रमा दलका नेता कार्यकर्ताहरुले भारतबाट समेत ब्राेईलर कुखुरा मगाउने गरेकाे जानकारहरु बताउँछन् । कतिपय ठाउँमा त खसी र राँगा समेत काटेर मासुकाे भाेज गर्ने गरिएकाे छ । (तस्बिर : उज्यालाे अभियान)