सर्लाहीमा पनि २५ जना भन्दा बढी भेला हुन नपाईने, सबैले खोपकार्ड बोकेर हिँड्नु पर्ने

मलंगवा – जिल्ला प्रशासन कार्यालय मलंगवाले विहिबार साँझ १२ बुँदे आदेश जारी गरेको छ ।

कोरोना भाईरस (कोभिड–१९) ओमिक्रोन भेरियन्टको संक्रमण उच्च बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले १२ बुँदे आदेश जारी गरेका हुन् । विहिबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति सर्लाहीको निर्णय तथा संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम २०७८ पुष २९ गते विहिबार राती १२ बजेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि उक्त आदेश जारी गरिएको प्रजिअ गौतमले बताएका छन् ।

यो पनि पढ्नोस

सर्लाहीका थप दुई एसपीसहित सीडीओ कार्यालयका ११ कर्मचारीमा कोरोना संक्रमण